अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा १० को मृत्यु

एजेन्सी, २८ पौष । अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

हुरीमा ठूल्ठूला असिना र पाँच इन्चसम्मको हिउँ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार र शनिबार अमेरिकी राज्यहरू टेक्सासदेखि मिसिगनसम्म आएको विन्टर स्ट्रोमले झन्डै १ हजार बढी उडान रद्द भएका छन्।

टेक्सासमा  सडक दुर्घटनाको अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकारी र अग्निनियन्त्रकको हिउँमा चिप्लिएको कारले ठक्कर दिँदा मृत्यु भएको छ ।

हुरी र हिउँले क्षति पुर्‍याएपछि केही राज्यमा बिजुली अवरूद्ध भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com