संसदीय समितिमा कोरम नपुग्दा मन्त्री फर्किए

काठमाडौँ, २९ पौष । दिगो विकास तथा सुशासन समितिमा बैठक संचालनका लागि सदस्य सांसदहरुको कोरम नपुगेपछि बैठकमा आएका मन्त्री फर्किएका छन ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त नेम्वाङलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि मन्त्रीसहित मन्त्रालयका सचिव तथा सहसचिवको टोली निर्धारित समयमा नै सिंहदरवारस्थित संसदीय समितिको कक्षमा पुगेका थिए । तर, बैठकमा समितिका सदस्य सांसदहरु नै उपस्थित नभएपछि मन्त्रीको टोली फर्कनु परेको हो ।

समितिकी सभापति तारादेवि भट्टले कोरम नपुगेका कारण बैठक संचालन हुन नसकेको जानकारी दिइन् । उनीसहित समितिमा मात्र ५ सांसद उपस्थित थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com