गायक निशान भट्टराईको निधन

काठमाडौँ, २९ पौष । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमबार राति दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो ।

दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएदा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनाको कारण खुलेको छैन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com