इजिप्टका पूर्व राष्ट्रपति मुवारकको निधन

एजेन्सी, १४ फागुन । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।

इजिप्टको सरकारी सञ्चार माध्यमका अनुसार ३० वर्ष इजिप्टमा शासन गरेका होस्नीको कायरोमा रहेको सेनाको अस्पतालमा म‌ंगलबार निधन भएको हो ।

मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । तीन दशकसम्म इजिप्टमा शासन गरेका उनी सन् २०११ को विद्रोहसँग पदबाट हटेका थिए ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी हवाइ सेनाका मार्सल थिए । उनको अन्त्येष्टि सैन्य सम्मानका साथ आज हुने जनाइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com