पूर्वमन्त्री बास्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ फागुन । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन ।

जिल्ला अदालत काठमाडौंमा आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै पूर्व मन्त्री बास्कोटा उजुरी लिएर अदालत पुगेका हुन ।

अदालतमा उजुरी दर्ता गरेपछि पूर्व मन्त्री बास्कोटाले आफ्नो फेसबुकमा स्टेटस लेख्दै भनेका छन, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com