पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैन : अर्थ मन्त्रालय

काठमाडौँ, १६ फागुन । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनीएको छ, ‘अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाईएको छ ।

साथै, हाल नेपाल आयल निगमको नाफा एवम् बित्तीय अवस्था सहज भएको र अव सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएको समेत अर्थ मन्त्रालयको भनाई छ । सोहीकारण करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको हो । यस्तो कर साविकमा प्रतिलिटर ५ रुपैयाँ रहेकोमा अब त्यसलाई बढाएर १० रुपैयाँ पु¥याइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com