म पनि निवासबाट नै काम गरिरहेको छु, तपाई पनि निवासबाटै गर्नुस् : प्रम ओली

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न र बचाउनेको लागि आफु पनि निवासमा नै बसेर मुलुक सञ्चालन गरिरहेको उल्लेख गर्दै आम नागरिहरुले पनि सोही अनुसार निवासबाट नै कार्य सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले आर्थिक, सामाजिक तथा शारीरिक रुपमा संकट पैदा गरेको कुरा आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै नेपालमा महामारिको रुपमा फैलन नदिन आम नागरिकहरु सचेत र सजक हुन आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

सरकारले मुलुकमा स्थिती भयावह हुन नदिन लकडाउनको घोषणा गरेको उल्लेख गर्दै उहाँले आम नागरिकले सरकारको यो कार्यलाई विशेष रुपमा साथ र सहयोग गर्न आम नागरिकसँग अपिल समेत गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com