अमेरिकन आइडल दिवेशलाई जिताउन अपिल

काठमाडौँ, १४ वैशाख । अर्थर गनकाे उपनामले चिनिँदै आएका नेपाली मुलका दिवेश पोखरेललाई अमेरिकन आइडल बनाउन भोट गर्न सकिने भएको छ । अप्रील २६ अर्थात आजको लाईभ प्रस्तुतिपछि दिवेशलाई भोट गर्न सकिनेछ ।

दिवेशका लागि उनका परिवार तथा अमेरिकामा रहेकामा रहेका नेपालीहरुमार्फत भोटको अपिल भइरहेको छ । काठमाडौंमा जन्मिएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए । हाल उनी त्यहाँकाे विचिटा, कान्सासमा परिवारसहित बस्दै आएका छन् ।

उनलाई भोट गर्न आइडलले ३ ओटा विकल्प अघि सारेको छ । २६ देखि २९ सम्म खुला रहने माध्यमबाट जम्मा ३० भोट मात्रै गर्न पाइनेछ । आजको लाइभ राउण्डको प्रस्तुतिपछि प्राप्त प्रतियोगीको कोड लेखेर २१५२३ मा पठाउन सकिनेछ । यो माध्यमबाट एकजना बराबर १० भोट दिन सकिनेछ ।

दोस्रो तरिकामा अ‍मेरिकन आइडलको एप तथा एप्पल आईएसओएस एप स्टोर डाउनलोड गरेर त्याहाँ साइन अप गरेर १० भोट गर्न सकिनेछ । त्यस्तै अर्को माध्यम आइडलभोट डट एबीसी डटकम लगइन गरेर दिवेशको कोडमा भोट दिन सकिने छ । यसमा पनि एकजना बराबर १० भोट दिन सकिने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com