सेयर बजार पुन: बन्द

काठमाडौँ, २  जेठ । लकडाउनका बेला अघिल्ला दुई दिन खुलेको सेयर बजार पुनः बन्द गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले सेयर कारोबार स्थगित गर्न निर्देशन दिएसँगै कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।

अघिल्ला दुई दिन खुलेको सेयर बजार लगातार २ – २ प्रतिशतका दरले घटेपछि बीचमै सर्किट ब्रेक लागेको थियो। खुलेको दुई दिनमा बजार ५० अंकले घटेको छ। हाल नेप्से परिसूचक १२०१ अंकमा छ ।

लकडाउनका बेला खुलेको सेयर बजारमा पहिलो दिन १० करोडको कारोबार भएको थियो भने दोस्रो दिन ३६ लाखमा सीमित भएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com