भीम रावलको मुखमा राष्ट्रवाद : प्रधानमन्त्री ओलीको व्यवहारमा

मुलुकलाई कोरोना (कोभिड–१९) महामारीको चपेटाले छोडेको छैन, झन् पछि झन् गहिरिदै गएको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै उनलाई घेराबन्दीमा पार्ने खेल सतहमा नै देखिने गरी शूरु भएको पनि धेरै भैसक्यो । सत्तारुढ पार्टी भित्र देखिएको अस्थिरताको मौका छोपी पछिल्लो पल्ट भारतले फेरी नेपाली सिमा अतिक्रमण ग¥यो ।

भारतले नेपाललाई जहिले पनि संकटमा घात गर्छ भन्ने कुरा फेरी यस पटक उदाङ्गो भएको छ । हाम्रो देशमा यति बेला चर्को विरोध भारत सरकारको हुनु पर्ने हो । उसको हेपाह, मिचाह प्रवृति प्रति हामी एक जुट भएर संघर्ष गर्नुपर्ने हो । अर्थात विरोध भारतीय प्रधानमन्त्री मोदी केन्द्रीत हुनु पर्ने हो । भारती सरकारका त्यसखाले प्रवृतिको प्रतिवाद गर्न देशका सबै राजनीतिक दलहरु एक ठाउँमा गोलबन्द्ध हुनु पर्ने हो । ढिलै भए पनि यस्तो संकेत नेपाली राजनीतिमा देखिन थालेको पनि छ । सीमा अतिक्रमणको प्रसंगमा प्रधानमन्त्री मोदीमाथि सोझाउँनु पर्ने विरोधको निशाना, केही–केही पार्टीभित्रै नेताहरुले भने ओलीमाथि सोझाएको देख्दा अचम्म लाग्छ ।

ओलीे सरकारको हरेक कामका विरोध गर्नेमा भीव रावल सम्भव त एक नंम्बरमा पर्छन् । लाग्छ, उनको अहिलेको प्रमुख कार्यभार अर्थात जिम्मेवारी नै सरकार चर्को विरोध गर्नु हो । र, त्यो पनि आक्रोशित मुद्रा शैलीमा । यसको अर्थ सरकारका हरेक क्रियाकलापहरुको समर्थनमा ताली पिट्नुपर्छ भन्न खोजेको चाँही होइन, अरु धेरै कुरालाई छोडिदिउ पछिल्लो पल्ट भारतले सीमा मिचेका कुरालाई लिएर उनले प्रधानमन्त्रीलाई विरोधको निशाना बनाएका छन् । र, जे कुरा बोलिरहेका छन् त्यो सबैले सत्य मानिदिनु पर्छ भनिरहेका छन् ।

लेखक :उपेन्द्र केसी

के अहिलेका प्रधानमन्त्री ओलीले भारतले सीमा मिचेको होइन कही कतै भनेका छन र ? सरकारले थाह पाउने वितिकै त्यसको विरोध गरेको होइन र ? हो, रावलले आफूलाई चर्को राष्ट्रवादी देखाएका छन्, उनी होलान पनि । त्यस्तो राष्ट्रवादी नेतालाई हामी ह्रदयदेखि नै सम्मान र समर्थन पनि गछौं । राष्ट्रवादी नेताहरुको खडेरी परेको देशमा रावल जस्ता नेताहरुको आवश्यक मात्रै होइन, खाँचो पनि त्यतिकै छ ।

उनी यही देशको गृह र रक्षा मन्त्री मात्रै होइन, उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगेका नेता पनि हुन् । देशको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहदाँ भारतीय मिचाह प्रवृतिको दादागिरीलाई रोक्न र सीमा सुरक्षालाई वलियो बनाउन उनले विगतमा के रणनीति अख्तियार गरे कुन्नी केही थाह छैन ? उनी गृह र रक्षामन्त्री भएको बेला उनले निर्माण गरेका नीतिलाई अहिलेको ओली सरकारले पालना नगरेकै कारण पो भारतले सीमा मिचेको हो र ? यदी, हो भने कुरा अर्को हो । उनी, गृह र रक्षामन्त्री भएको बेला सीमानामा यीनले लगाउन लगाएका काँडेतार ओली सरकारले उखलेर फ्यालेको हो ? तर, उनको विरोध सरकार प्रति यही कार्यशैलीमा छ । आफू गृह र रक्षामन्त्री भएका बेला सीमा सुरक्षाका विषयमा ठोस नीति केही नबनाउने अरुले अहिले आएर चर्का कुरा गर्न सुहाउँछ ?

बरु, नेपालको इतिहासमा पहिलो पल्ट दुई देशीय सीमा वोर्डर कालापानीमा स्थायी चेक पोष्ट राख्ने साहस प्रधानमन्त्री ओलीले देखाएका छन् । प्रधानमन्त्री ओलीले व्यवहारमा देखाएको यो वहादुरीलाई सम्मान र तारिफ गर्नै पर्छ । रावल गृह र रक्षा जस्तो सम्वेदनशील मन्त्री भएको बेला नेपाल र भारतका वोर्डर एरियाका कुन–कुन ठाउँ चेक पोष्ट राख्ने काम गरे होलान, त्यो चाँही थाहा भएन । दुई देशबीचका वोर्डर एरियाहरुका सम्वेदनसील क्षेत्रका नाकाहरुमा कहाँ–कहाँ कडाई गरे होलान, त्यो पनि थाह भएन । अहिले आएर उनै चर्को स्वरले राष्ट्रवादी नारा घन्काउन थालेको देख्दा उदेक लाग्छ । मुखले वोलेर मात्रै केही हुँदैन कमरेड, व्यवहारमा देखाउनु पर्छ भनेर उनलाई कसले भनिदिने । बरु उनै, रावलले विहान उठेदेखि नसुतिसम्म गाली गर्ने प्रधानमन्त्री ओलीले व्यवहारमा राष्ट्रवादी चरित्र प्रर्दशन गरेका छन् । त्यसोत, भारतले गरेको नाकाबन्दीमा अहिले चर्को राष्ट्रवादी कुरा गरेर ओलीलाई सराप्नेहरु त्यो बेला कहाँ र कुन भूमिकामा थिए, त्यो चाँही थाह भएन् । भारतले नाकाबन्दी लगाउँदा मुलुक संकटमा परेको थियो । त्यो संकट र चूनौतिपूर्ण अवस्थामा यीनै प्रधानमन्त्री ओलीले व्यवहारमा देखाएको राष्ट्रवादी चरित्र हामीले चाँही विर्सेका छौनौं ।

कुनै बेला तत्कालिन एमाले प्रतिकूल अवस्थामा थियो । आमनिर्वाचनममा तेस्रो पार्टीमा झरेको थियो । देशमा पहिलो शक्तिको रुपमा तत्कालिन माओवादी पार्टीको उदय भएको थियो । देशै भरि माओवादी पार्टीको जगजगी थियो भने, त्यतिबेला एमाले रक्षात्मक अवस्थामा पुगेको थियो । भनौ, एमाले पार्टीमा संकट आइलागेको थियो, त्यतिबेला यिनै नेता रावलको मौनता बुझिनसक्नु थियो । अचानक तेस्रो शक्तिका रुपमा झरेको पार्टीका नेता माधव कुमार नेपाललाई देशको प्रधानमन्त्री हुने अवसर जुट्यो । पार्टी गतिविधिमा लामो समयदेखि मौन बसेको रावललाई तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले रावललाई मन्त्री बनाए दिए । सम्भवत रावल मन्त्री नभएको भए उनको राजनीतिक यात्रा अनेत्रकतै मोडिन थियो होला । पार्टीलाई संकट परेको बेला खुट्टा उचालेर बस्ने उनै रावलले अहिले आएर ठूला कुरा गरेको सुन्दानै अचम्म लाग्छ ।

उपेन्द्र केसी

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com