धुुर्मुस–सुन्तलीको ‘लिपुलेक’ भिडियो सार्वजनिक

काठमाडौँ, ६ जेठ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

उक्त सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।

सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाले नै निर्देशनको जिम्मा सम्हालेका छन् । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com