अभिनेत्री मनिषा कोइरालाको ट्विटले भारतमा हलचल

काठमाडौँ, ७ जेठ । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाको ट्विटले यतिबेला भारतमा हलचल मच्चीएको छ ।

नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com