भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय नाग्यो

काठमाडौँ, ८ जेठ । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ । भारतमा गएको चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com