मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

सप्तरी, ९ जेठ । मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।

बोदे बर्साइन नगरपालिका-९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएकी उनलाई उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com