स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बाँके, ९ जेठ । बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ ।

खजुरा गाउँपालिका वडा नं. ३ निवासी  ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई खजुरास्थित आइसोलेसन वार्डमा राखिएको छ ।  बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको यो नै पहिलोपटक हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com