विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार नाग्यो

काठमाडौँ, ९ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५२ लाखनजिक पुगेकाे छ । अहिलेसम्म ५१ लाख ९३ हजार ७६० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये २० लाख ८० हजार ९१३ उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ३ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ५३ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

अहिलेसम्म अमेरिकामा ९६ हजार ३५४ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख २० हजार ९०२ पुगेकाे छ ।संक्रमितमध्ये ३ लाख ८२ हजार १६९ भने पूर्णरूपमा निको भइसकेका छन् ।त्यस्तै रूसमा अहिलेसम्म ३ लाख १७ हजार ५५४ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३ हजार ९९ पुगेकाे छ ।

कुल संक्रमितमध्ये ९२ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । यता ब्राजिललाई पनि काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख १० हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २०हजार ८२ पुगेकाे छ ।

बिहीबार मात्रै त्यहाँ १७ हजार बढी नयाँ काेराेना संक्रमित थपिएका छन् भने ११ सय बढीकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख २५ हजार पूर्णरूपमा निकाे भएका छन् ।

स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ८० हजार ११७ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ९४० जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५५ हजारमा कोरोना सक्रिय रहेको छ ।

अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३६ हजार ४२ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ५० हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।

इटालीमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ४८६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २८ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ३४ हजार पूर्णरूपमा निको भइसकेका छन् । त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८१ हजार ८२६ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार २१५ पुगेको छ ।

संक्रिमतमध्ये ६३ हजार ८५८ पूर्णरूपमा निको भइसकेका छन् । जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ३०९ पुगेको छ ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५३ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार २४९ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १४ हजार ९९० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार २४९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २९ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख निकाे भएका छन् ।

भारतमा अहिलेसम्म १ लाख १८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ५८४ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ८ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार १४८ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।

चीनमा भने अहिले ८२ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २५५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com