भारतमा एकैदिन ६ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौँ, ९ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बिहीबार एकैदिनमा हालसम्मकै बढी ६ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार २२६ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८४ पुगेको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट १५० जनाकाे ज्यान गएकाे छ । हालसम्म भारतमा संक्रमितमध्ये ४८ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६६ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com