परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्यामा वृद्धि : मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस परीक्षणको दायरा बढाएसँगै प्रदेशमा संक्रमितहरूको संख्य बढ्न थालेको बताउनुभएको छ ।

प्रदेश-१ मा थप २ वटा पिसिआर मेसिनसहित परीक्षण ल्याब सञ्चालनमा ल्याउन लागिएको जानकारी गराउदै उहाँले प्रदेशमा पिसिआर प्रविधिबाट ४ हजार र आडीटीबाट १० हजार बढीको परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले केही दिनदेखि दैनिक एक हजारको संख्यामा पिसिआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभएको छ ।

मुख्यमन्त्री राइले भिडियो सन्देशमार्फत मुख्यमन्त्री राईले प्रदेश-१ सरकार कोरोना भाइरसको रोकथाम, नियन्त्रणका लागि खटिरहेको र नागरिकको सुरक्षाका लागि सरकारको तर्फबाट कुनै कमी हुन नदिने धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्री राईले कोरोना रोकथाम नियन्त्रणमा अग्रभागमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकको भूमिकाका कारण प्रदेशमा कोरोनाको नियन्त्रण र उपचार सम्भव भएको भन्दै सबैले धैर्य र संयमताका साथ काम गर्न आग्रह गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com