काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको…