बाढी ग्रस्त क्षेत्रमा वृहत स्वास्थ्य शिविर सम्पन्न
महोत्तरी १९ भदौ । बाढीग्रस्त क्षेत्रमा देखिएको स्वास्थ्य समस्यालार्इ मध्यनजर गर्दै भाद्र १७ गतेका दिन रियल मेडिसिन फाउण्डेसन नेपालको सहयोगमा नेपाल स्वास्थ्य प्राविधिक संघ पान ले महोत्तरी जिल्लाको बर्दिवास ८ हाथिलेठमा एक बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । पानका केन्द्रीय अध्यक्ष हरि कुँवरले उद्घाटन गरेका उक्त शिविरमा २३७ जना विरामीले सेवा लिएका थिए ।
२ जना चिकित्सक तथा २१ जना प्यारामेडिकल स्वयं सेवकद्वारा सेवा प्रदान गरिएको उक्त शिविरमा विरामी जाँच र निःशुल्क औषधि वितरणको अलवा स्वास्थ्य शिक्षा, सरसफार्इ, पोषण र पुनर्स्थापना परामर्श सेवा समेत उपलब्ध गराइएको थियो । खानेपानी तथा सरसफार्इ कार्यालयबाट प्राप्त बोतलको पानी र पानी शुध्दिकरण गर्ने पिउस समेत सोहि शिविरबाट वितरण गरिएको थियो ।
शिविरबाट लाभान्वित सर्वसाधारण उक्त शिविरको व्यवस्थापन र सेवाबाट खुशी देखिन्थे । पान सचिवालयका पदाधिकारी समेत उपस्थित उक्त शिविरमा सम्बोधन गर्दैपान अध्यक्षले बिपदमा परेका सर्वसाधारणको सेवामा यसैगरि खट्न संघका नेता कार्यकर्तामा अनुरोध गरे ।रियल मेडिसिन फाउण्डेसनका कार्यक्रम ब्यवस्थापक तथा नेपाल प्रतिनिधि गणेश श्रेष्ठले अगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गरे ।