नेपालमा कृषीको उत्थानका आधारहरु

कासी रिमाल

नेपाल सरकारले रोजगारीको प्रबर्धन, खाध्यान्नको आयात प्रतिस्थापन साथै निर्यात प्रबर्धनको आशा राखेर कृर्षी क्षेत्रको सुधार गर्ने आधुनिकिकरण गर्ने, ब्यबसायिकरण गर्ने प्रयत्न गरिरहेकोछ । यस आर्थिक बर्षमा यसक्षेत्रलाई बिषेश महत्व तथा प्राथमिकतामा राखेकोछ । कृषीक्षेत्रको सुधारको निमित्त आ. ब. २०७७र ०७८ मा पनि कृर्षीको उत्पादन बढाउनको निमित्त अनेकौ कार्यक्रमहरु अघि सारेकोछ । जमिनलाइ खालि वा बाँझो रहन नदिने,मल,बिउको ब्यबस्था सिँचाइको ब्यबस्था लगायत यान्त्रिकरण, आधुनिकिकरण गर्ने साथै आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्ने नीति ल्याएकोछ ।

नेपाल सरकारले कृर्षीको उत्पादन बढाउन, अनुदान, सहुलियत, प्राबिधिक सहयोग, तथा प्रशोधनको ब्यबस्था गरी निर्यात गर्ने सम्मको उदेश्यका साथ बिभिन्न कार्यक्रमहरु ल्याएकोछ । कृर्षीलाइ मर्यादित ब्यबसायकोरुपमा स्थापित गर्न अध्ययन अनुसन्धान गर्ने, उन्नत जातको खेति तथा ब्यबसाय प्रबर्धन गर्न सबै प्रदेशमा एग्रिकल्चर तथा लाइभिष्टक एक्सलेन्ट सेन्टरहरुको बिकास गर्ने लागायतका कार्यक्रमहरु पनि समाबेस छन् । पुर्बाधारहरुको ब्यबस्था गर्ने, अग्र्यानिक खेतिलाई प्रोत्साहन गर्ने, प्रमाणिकरण र ब्रान्डीङ्ग गर्ने, माटोको परिक्षण सुबिधा, अग्रिम समर्थन मुल्य तोक्ने, बिमाको ब्यबस्था लगायतका काम गर्ने सरकारको घोसणा महत्वकांक्षी नै रहेकोछ । जमिनको उपयोग र उत्पादकत्वको बृद्धीगर्न चक्लाबन्धी, सहकारी तथा सामुहिक खेतिलाइ प्रोत्साहन गरी कृर्षी उत्पादन बढाउने सकारको नीति रहेकोछ । यतिधेरै कार्यक्रम र सुबिधाहरु हुदापनि कृर्षीक्षेत्रको उत्पादन अपेक्षित मात्रामा हुन सकिरहेको छैन । किन ?

जल, जंगल,उर्बर भुमिले ढाकेको प्राकृतिक बरदान रहेको कृर्षी प्रधान मुलुक नेपालमा कृर्षीक्षेत्रको अपेक्षित सुधार नहुनुमा सरकारको यतिधेरै सुधार र सहयोगका कार्यक्रमहरु प््राभावबिहिन हुनुको कारणको अध्ययनहुन आबश्यक देखिन्छ । यसलाई यसरी हेरौ भन्ने लाग्छ । मेरोबिचारमा देशको बास्थबिक अबस्थालाई यसरी हेरिनु पर्दछ ।

किशान खेतिगर्ने प्रमुख पात्र वा कृषीक्षेत्रको सन्चालन र बिकास गर्ने किशानलेनै हो । किशान धेरै मेहनति इमान्दार र समश्या झेलेरपनि काम गरिरहने बर्गहो । यसको अपेक्षित बिकास नहुनुमा अबश्य कुनै समश्या वा कमजोरी छ भन्ने बुझ्नु पर्दछ । नेपालको सन्धर्भमा किशानलाई निम्नानुसार बिभाजन गरी अध्ययन गर्नसकिन्छ ।

साना किशान आफ्नो जमिनमा मात्र खेतिगरेर खान नपुग्ने सारै थोरै जमिन भएको किशान जसले अधियाँ वा ठेक्कामा अरुको जमिन जोतर जिबिकोपार्जन गर्ने किशानहरु यस समुहमा पर्दछन । यस समुहलाई अर्काको जमिनमा के लगाउने के नलगाउने आफुले चाहेको बालि लगाउने निर्णय गर्न पाउदैन गर्न सक्दैन । जग्गा मालिकले लगाउन भनेको बाली र जातको खेति गर्ने जो उब्जन्छ सो शर्तअनुसार बुझाएर बचेको आफुले खानेहो । यो बर्ग किशान समुहमा दोश्रो ठुलोछ । यस समुहका किशानलाई आफ्नो कमाइले बर्षभरी खान लगाउन पुग्दैन । ज्याला मजदुरी गरेर जिबिकोपार्जन गरेका हुन्छन । बर्षभरी श्रम गरेरपनि भरपेट खान नपाउने भएकोले यस पेशाप्रति सबैभन्दा बढि घ्रीणा यो समुहकोनैछ । बैदेशिक रोजगारीलाई बाध्यता संझने युवा यही समुदायका हुन, दलालहरुले सजिलै ठग्न पाउने समुदाय यही हो किनकी यिनलाई बैदेशिक रोजगारीमा जसरी पनि जानुछ भन्ने ठान्दछन त्यसैले जे पनि स्वीकार्दछन् । यो समुहबाट कृषीक्षेत्रको रुपान्तरण सम्भावना छैन । सरकारको कार्यक्रम यिनीसंग पुग्दापनि पुग्दैन ।

मझौला किशान आफ्नो कमाइले मुस्किलले बर्षभरी खानपुग्ने यो समुह सबैभन्दा ठुलो किशान समुहहो । जसको बढिमा एक हेक्टर जमिनहुन्छ । यो समुहलाई एउटा बालीले अर्को बालीभेट्न कठिन भइरहेको हुन्छ । परम्परागत खेतिबाट उम्कीएर नयाँ खेतिको प्रयत्न गरेको खन्डमा नया एक बालि बिग्रियोभने छ महिना भोको बस्नुपर्ने अबस्था आउनसक्छ । त्यसैले यो समुहले जोखिम मोलेर कृषीको रुपान्तरणको हिम्मत गर्न सक्दैन । सानोरुपमा प्रयत्न गर्ने जानकारी लिने, इच्छा गर्ने सरकारका कार्यक्रममा चासो देखाउने गर्न सक्दछन तर कार्यन्वयनमा जान सक्दैनन् । अन्य ब्यबसायमा पनि संलग्न वा जसलाई बर्षभर खान धेरै समश्या छैन । यस समुहका केही किशानले कृषीमा आधुनिकिकरण गर्न केही प्रयत्न गर्न सक्छन, गरेका छन् । सरकारको कार्यक्रममा यो समुहले केही सहभागिता जनाएकोछ । जनाउछ ।

ठुला किशान जसको एक हेक्टर भन्दा बढि जमिन छ त्यसलाई ठुला किशान भन्न सकिन्छ । देशको सन्धर्भमा संख्याको हिसावले यो किशानको सानो समुहहो । यसले केही प्रबिधिको पनि प्रयोग गर्नसक्छ र गरेको पनि हुन्छ । सरकारका कार्यक्रमहरुको भरपुर उप्रयोग गर्न सक्छ र मुलत केही जानेबुझेका यसै समुहले कार्यक्रको उपयोग गरेको पनि छ । यस सानो समुहले प्राप्त गरेको सफलता आम किशानको निमित्त प्रेरणको बिषय बन्दैन वा सक्दैन किनकी अन्य किशानको निमित्त यो ब्यबहारीक हुनै सक्दैन र त्यस्तो बाताबरण पनि छैन ।
जबसम्म आम किशान ढुक्कसंग कृषीको रुपान्तरणमा लाग्ने बाताबरण बन्दैन तब सम्म कृषीक्षेत्रको सुधार कठिनछ ।

खेतिको निमित्त बाताबरण नेपाल जस्तो भौगोलिक अनेकता भएको देश जहाका किशानहरुको बाँच्ने आधारनै कृषी हो । हाम्रा अधिकाँस किशानहरुले उत्पादन भएको सबै उत्पादन बेचेर आबस्यकताको आधारमा किन्दै खाने प्रचलन छैन । हाम्रो परम्परा भनेको भएको उत्पादन स्टोर गरेर राख्ने र जे छ त्यही खाने हो । सकिएकादिन खाध्यान्न जुटाउन ज्याला मजदुरी गर्ने हो । एउटा बालीले अर्को बाली भेट्न मुस्किल पर्ने कुनैपनि किशानलाई नया प्रबिधिको प्रयोग गर्ने वा नया जातको खेतिगर्ने न साहस हुन्छ न आर्थिक रुपले संभाब्यनै हुन्छ ।किशानलाई हिम्मतका साथ कामगर्ने बाताबरण बनाउन निम्न कुराको आबश्यकता पर्दछ ।

१. जमिन किशानलाई आफ्नो निर्णय अनुसार बाली लगाउन सक्ने बनाउन जग्गाको स्वामित्व उसंग हुन आबश्यक हुन्छ वा निश्चित अबधीको लिजको ब्यबस्थाले पनि किशानमा त्यो क्षमताको बिकास हुन्छ । आफै खेती नगर्ने किशान को जमिन खेतिगर्ने किशान लाई कम्तीमा मध्यम अबधीकोलागि भाडामा दिने सहज र कानुनी ब्यबस्था हुन आबश्यक छ । भौगोलिक बिबिधता भएको हाम्रो जस्तो मुलुकमा काक्रो चिरेझै जताबाट चिरेपनि एकै खालको जमिनहुने मुलुकका सफलताको आधारमा बनेका अबधारणले सफलता दिदैन । चक्लाबन्दी, एक गाउ एक उत्पादन जस्ता अभियान ब्यबहारिक लाग्दैेन । तल्लो गह्रामा फलेको चिज माथ्लो गह्रामा फल्दैन कसरी पुरै गाँउमा एउटै बस्तुको उत्पादनको कार्यक्रम बनाउने । मिल्दो जमिन भएका सकेसम्म धेरै किशानहरुले एउटै बाली लगाउन प्राथमिकता दिनेकुरा भने हुनसक्छ । त्यो किशानको निर्णयमा आधारित हुनुपर्छ ।

२. सिन्चाई कुनैपनि खेतिको निमित्त सिचाईको ब्यबस्था पहिलो आबश्यकता हो । बर्षातको भरमा मात्र कुनैपनि बाली ढुक्कका साथ लगाउन सकिदैन । बेमौसमी वा सुख्खायाममा गरिने खेतिको निमित त अपरिहार्य नै छ । केवल २३ प्रतिशत समथर जमिन भएको हाम्रो मुलुकमा सिन्चाईको ब्यबस्था अत्यन्त जटिल बिषय हो । हजारौ नदीनाला खोला खोल्सी भएपनि केही समतल भुभाग र खोलाकिनार बाहेक अन्यत्र सिचाइको कुलो नहर बनाउन सकिदैन । केही खोल्सीबाट बर्षाको समयमा सिन्चाइको ब्यबस्थागर्न सकिएला तर यो दिगो भरपर्दो र सुख्खा समयको लागि हुदैन । सबै सिजनमा सिचाईको ब्यबस्था गरेर बहुबाली वा उत्पादन नगर्नेहो भने किशानलाई उठाउन सकिदैन ।उत्पादनका धेरै सम्भाबना नभएका क्षेत्रहरुमा कम लागतमा राम्रो उत्पादन दिने खेति र बिधीको पहिचान र सन्चालनमा सहयोग पु(याउनु नै सरकारको सफलता हुन्छ ।

३. मलखाद बिना मल कुनैपनि बाली फष्टाउने कुरो भएन । बर्तमान सन्धर्भमा र आर्थिक हिसावले रसायनिक मलमा भर परेर बाली लगाउन राम्रो भएन, अग्र्यानिकको महत्व बढिरहेको छ, अग्यानिक खेतिको आधार प्राङ्गारिक मल नैहो । तसर्थ अन्य बालीको खेति संगै पशुपालन जोड्न अत्यन्त जरुरी देखिन्छ । किशानहरु पनि यसैमा रमाउछन किनकी हाम्रो परम्परा त्यही हो । दुइटा ब्यबसाय एकैसाथ हुदा एक अर्कामा टेवा पुग्ने मात्र नभइ आर्थिक जोखिम पनि कम हुन्छ । एउटा बिग्रएपनि अर्कौ ब्यबसायले किशानलाई जीवन ब्यतित गर्न परिवार पाल्न सहयोग गर्छ । अन्य खेतिबाली लाई पशुपालन र पशुपालन लाई घाँस अयिबार्य बिषय हो ।

४. बिउबिजन नेपालको सन्धर्बमा कृषी ब्यबसायलाई आधुनिकीकरण गर्ने भनेको मुलत उन्नत बिउको प्रयोग गर्नेनै हो । सुद्ध उन्नत जातको बाली वा पशुपालन गर्ने अथवा स्थानिय जात संग क्रस गराएर नश्लसुधार गर्ने । स्थानिय जातलाई आधुनिक पद्धतिले उत्पादन तथा पालन गर्ने लागयतको कार्य गर्न सकिन्छ । नश्लसुधार गर्नेकार्य राम्रो उत्पादन लिनको निमित्त आबश्यक छ तर किशानले आफ्नो बाताबरणमा आफ्नो परम्परागत शिप साथै कृषिबैज्ञानिकहरु संग भएको आधुनिक पद्धतिको ज्ञानको संयोजनमा गर्ने र तुलनात्मक अध्ययनको आधारमा ठाउ अनुसारको उपयुक्त पद्धति र जात छान्नु उपयूक्त हुन्छ । जस्तोकी बाख्रा पाल्नेले लोकल खरी जात वा १०० प्रतिशत बोयर वा नश्लसुधारिएको ५०प्रतिशत बोयर वा ७५प्रतिशत बोयर कुन पाल्न उपयुक्त छ भन्नेकुरा किशानको सहभागितामा प्राबिधिकको निगरानीमा अध्ययन गरिनु पर्दछ । एउटै खाना र बाताबरणमा किशानको आफ्नो बाताबरणमा तुलनात्मक लाभको आधारमा बिउ छानिनुपर्दछ । कसै दाता बिधाताको सफ्लताको कथा हामीकहाँ सफ्ल हुन्छ भन्नेछैन । किशानको निर्णयनै छनोटको आधार बनाइन पर्दछ ।

५. प्राबिधिक ज्ञान किशानहरु संगको परम्परागत ज्ञानले मात्र कृषीमा अधुनिकिक।ण वा ब्यबसायीकरण हुन सक्दैन । किशानले प्राबिधिक ज्ञान सिक्ने अनेकोै ब्यबहारिक तरिका छन । क.अनुसन्धानमा संलग्न भएर सिक्ने, ख.बिज्ञहरुको सल्लाहले सिक्ने, ग.तालिम लिएर सिक्ने, घ.सफलताको कथा देखेसुनेर सिक्ने । हालसम्म कृषीमा अनुसन्धान सरकारी निकाय फर्मले मात्र गरिरहेको छ । सरकारले गर्ने अनुसन्धानमा किशानको बाताबरण हुदैन। बिषेस बजेट र ब्यबस्था गरिएको हुन्छ जसको परिणाम किशानको घरमा सफलहुन कठिन हुन्छ । बास्तबिक किशानकोमा बिज्ञ पुगेर सल्लाहदिने र कार्यन्वयन गराउनेकार्यको ब्यबहारिक पाटो कमजोर रहेको छ । संगै बिषेस बाताबरणमा भएको सफलता पढेर बिज्ञता हाँशिल गरेका बिज्ञहरुको ज्ञान नेपाली किशानहरुको निमित्त अब्यबहारिक बनिरहेको पाइन्छ । बिश्वमा साहारा देखी साइबेरिया सम्म सबै बाताबरण पाईने हाम्रो मुलुकमा एउटा बास्केटको नीति र योजना कार्यन्वयन हुन कठिनछ । किशानहुन केही सिक्नु आबश्यक छैन भन्ने बुझाइछ । परम्परागत शिपनै पयाप्त मान्नुपर्ने बाध्यताछ । ठाउ, समय, परिस्थिति अनुसारको बाली र त्यसको निमित्त आबश्यक निम्नतम ज्ञानकालागि तालिम दिने र तालिम प्राप्त किशान तयारगर्ने ब्यबस्था हामीले कार्यन्वयन गरेनौ । किशानको छनोट अनुसार किशानकै बाताबरणमा तलिम सन्चालन गर्नु आबश्यक छ । बजारको सम्भावना र आबश्यकतालाई प्राथमिकता दिनेमात्र हो ।

६. रोगब्याधी नियन्त्रण रोगब्याधि हरेक ब्यबसायका हुने एउटा तितो यथार्थ हो । यसको समयमा सरल र सहजतापुर्बक नियन्त्रण गर्न सकिएन भने ब्यबसाय बेकार हुन सक्दछ । गैह्रबिषाधी उपचार पद्धति आजको आबश्यकता हो । परम्परा बाट धेरैरोगको उपचार किशानले सिकेका छन तिनको प्रबर्धनको आबश्यकताछ । अरु नया उपचार बिधी र औषधीको अध्ययनको आबश्यकता छ । किशानहरुकै सकृय सहभागितामा अध्ययन हुनु आबश्यक छ । सरकारको सहयोगको यो एउटा मुख्य क्षेत्रहो ।
७. बजार जुनसुकै ब्यबसायको लागि बजार महत्वपूर्ण बिषय हो । किशानको निमित्त त झनै जरुरी बिषय हो । बजार पु(याउन थोरै समय ढिलो हुदा समेत बिग्रने बस्तुको उत्पादन गर्ने किशानलाई भरपर्दो बजारको ब्यबस्था गर्न सकिएन भने कुनै प्रकारको ब्यबसायिक खेतिगर्न सकिदैन । अहिलेको बिद्युति प्रबिधीको समयमा तथ्य तथ्याङ्खकको ब्यबस्था प्रयोग गरी कम्तीमा एक पालिकामा एक खरिदकेन्द्र स्थापना गरी किशानले जतिबेला जे बेच्न ल्याउछ त्यत्तिनैबेला खरिद गर्ने र बैक खातामा नगद जम्मा गरिदिने ब्यबस्था गरिनु आबश्य छ, खरिद गरिएको बश्तु कहाँ आबश्यक छ त्याहा पु(याउने वा प्रशोधन गरी बिक्रीगर्ने, त्यसको अध्ययन र बयबस्थापन गरिनुपर्दछ । त्यस्ता केन्द्रले खरिद गर्ने हरेक बस्तुको पहिलेनै मुल्य तोकिनु पर्दछ । सरकारले किशानको उत्पादनको मुल्य तोक्ने कुराले मात्र किशानले फाइदा पाएनन् । मुल्य मात्र सुनाउने तर बर्षौ भुक्तानी नहुने कुराले समाजलाई फइदा हुदैन भएन । किशानको हरेक उत्पादन उधारोमा किनबेच गर्न नपाउने कानुनी ब्यबस्था आबश्यक छ । खदिकेन्द्रमा सामान बुझाएपछि स्वचालित रुपमा उतिनैबेला किशानको बैक खातामा पैसा जम्माहुने ब्यबस्था गर्नु आबश्यक छ । कृषी उत्पादन उधारोमा खरिदगर्नु डण्डनिय अपराधको रुपमा लिने ब्यबस्था गरिनुपर्दछ नत्र कृषीक्षेत्र उठाउन गाह्रोछ ।

८. बिमा कृषी खुलाक्षेत्रमा हुने, प्रकृति संग भरपर्ने ब्यबसाया भएकोले किशानको सुरक्षको निमित्त हरेक बाली बस्तुको बिमा गर्न आबस्यक छ । यस्तो बिमा कुनै ब्यापारीक समुहको लगानी बाट सम्भब छैन । यसमा त कार्यक्रमलाई दिगो बनाउने स्वचले किशानको सेवकको भावनामा काम गर्ने सरकारी सस्थाको आबश्यकता छ ताकी बिमा गरिसकेपछि कुनै प्रकोपबाट नोक्सानी भएपनि बिना झन्झट नोक्शानीको भरपाई होस ।

९. आर्थिक समस्यको ब्यबस्थापन यो एउटा गम्भिर बिषय हो । किशानले कुनै ब्यबसाय नया ढंगबाट गर्दा ऋणको आबस्यकता हुन्छ नै । हामीकहाँ ब्यबसायलाई आबश्यकपर्ने लगानि मात्र ऋण दिने ब्यबस्था छ । गर्नुपर्ने पनि यहीहो । तर किशानको हकमा यो लागुहुन सक्दैन । जस्तोकी कुनै किशानको दशरोपनी जग्गा छ । उसले त्याहा २५० बोट सुन्तला लगाउन चाह्यो त्याहा बिरुवा मलको ब्यबस्था गरेर पुग्दैन । सुन्तला फल्न कम्तिमा ५ बर्ष लाग्छ । ५ बर्ष खाने, छोराछोरी पढाउने, नुन तेल कपडा चाडबाड मात्र नभई बिबाह ब्रतबन्ध मृत्यु लगायतका उसका सामाजिक जिम्मेवारी पुरागर्न पनि सरल ऋण आबश्यक हुन्छ । पाँचबर्ष पछिदेखि उसले तिनलाख कमाउन सक्छ र जीवन चलाउन उसलाइ बर्षको एक लाख चहिएला । ब्यजसहित तिर्न किशान तयारनै हुन्छ । पाँचबर्षको उस्को खर्च आमदानी सुरु भएको पाँच देखि सात बर्षमा तिर्नसक्ने गरी अनुमानित आमदानी र अत्याबस्यक खर्च कटाइ तिर्नशक्ने मात्रामा त्यस्तो ऋण दिने ब्यबस्था भएको खण्डमा मात्र किशानले हिम्मत गर्न सक्दछन । कृषी बिकास बैकको अहिलेको ब्यबस्थाले काम गरेन, बैकमा ब्यबसायिक र प्राथमिकता बिभाग बनाइृ किशानको आबश्यकता अनुसार जाने ब्यबस्थाहुन जरुरी देखिन्छ । हरेक वडामा एउटा जेटिए ब्यबस्था गर्न आबश्यक छ जसले प्रबिधिक सहयोग संगै प्रथमिकता प्राप्त ऋणको मुल्याङ्कन, सिफारिस र अनुगान गर्ने जिम्मेवारी समेत दिएर जानु उपयुक्त हुनसक्छ । यो प्राबिधिकको तलब सरकारले दिने तर बैकको कर्मचारीको रुपमा काम गर्ने ब्यबस्था बढि प्रभावकारी हुनसक्छ ।

कृषी क्षेत्रलाई सरकारको अपेक्षा अनुरुप रुपान्तरण गरी उत्पादक बनाउन ब्यबहारीक बनाउन नीति निर्माताहरुको ध्यान पुगोस र सफलता हात लागोस शुभकामना ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com