भारतमा कोरोना संक्रमित संख्या २ लाख नाघ्यो

काठमाडौँ, २१ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संक्रमितकाे संख्या २ लाख ७ हजार १९१ पुगेकाे छ ।

मंगलबार मात्रै त्यहाँ ८ हजार ८२१ नयाँ संक्रमित फेला परेकाे छ भने २ सय २१ जनाकाे मृत्यु भएकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ । भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ हजार ८ सय २९ पुगेकाे छ । संक्रमितमध्ये हाल १ हजार २८५ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले १ लाख १ हजार बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै साताैँ नम्बरमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com