काठमाडौँको माइतिघर-बानेश्वर जस्तै ‘सुन्दर र मनोरम’ बन्दै भक्तपुरको अरनिको राजमार्ग

भक्तपुर, २१ जेठ । विगतमा बक्ति मुनीको अध्यारो भएको काठमाडौँ उपत्यकाको भक्तपुर जिल्ला वर्तमान समयमा सुन्दर र मनोरम बन्दै गएको छ । वातावरण स्वच्छता र हरियाली भक्तपुर बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी जनताको सपना क्रमिक रुपमा पुरा हुँदै गएका छन् ।

यसको ज्वलन्त उदाहरणको रुपमा जडिबुटीदेखी सूर्यविनायक चोकसम्मको अरनिको राजमार्गमा बनाईएको ग्रीनरीलाई लिन सकिन्छ । विगतमा उपत्यकाको काठमाडौँ जिल्ला मात्रै विकास र सुन्दरताले भरिपूर्ण मानिएकोमा हाल भक्तपुरले नेपालकै उदाहरणीय जिल्लाको रुपमा स्थापीत भएको छ । यो निर्माण सम्पन्न हुने भएसँगै काठमाडौँको माइतिघर-बनेश्वरको सुन्दरता झैं अरनिको राजमार्ग समेत प्राकृतिक रुपमा स्वच्छ, सुन्दर र मनोरम हुने भएको छ । त्यस्तै राजमार्गलाई व्यवस्थित तथा सुरक्षित बनाउने कार्य समेत भइरहेको छ । उक्त राजमार्गमा ओभरले तथा मार्किङ गर्ने कार्य समेत धमाधम भइरहेको छ ।

सूर्यविनायक चोकबाट राधेराधेसम्मको ग्रीनरी गर्नेकार्य सम्पन्न भइसकेको छ भने राधेराधेबाट जडिबुटीको पुलसम्म दुवो रुख तथा विरुवा लगाई ग्रीनरी निर्माणको काम भइरहेको छ । आगामी असार भरमा सम्पन्न गर्ने गरी उक्त निर्माण कार्यले तिव्रता पाएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण केही समय स्थगन भएको उक्त अरनीको राजमार्गलाई ग्रीनरी बनाउने कार्यको पुनः हिजोबाट शुरु भएको हो ।

सूर्यविनायकदेखी राधेराधेसम्मको भने निर्माण सम्पन्न भइसकेको छ । रोधेराधेदेखी जडिबुटी पुलसम्मको पनि तत्काल निर्माण सम्पन्न गरी सम्बन्धीत नगरपालिकाको संरक्षणमा रहने गरी हस्तान्तरण गर्ने तयारी समेत भइरहेको छ । जसमा सूर्यविनायकदेखी राधेराधे चोकसम्म सूर्यविनायक नगरपालिकाले संरक्षण गर्नेछ भने राधेराधेदेखी जडिबुटी पुलसम्म मध्यपुर थिमी नगरपालिकाले संरक्षण गर्नेछ । निर्माण गरिएको ग्रीनरीमा रहेको घाँस, पात उखेल्ने तथा दुवो सरसफाई गरी नरपालिकालाई हस्तान्तरण गरिने भएको छ । जसको लागि धमाधम कामहरु अन्तिम चरमा पुगेका छन् । गौतम नर्सरीको व्यवस्थापनमा निर्माण भइरहेको उक्त ग्रीनरी निर्माणको कार्यमा अमित उपाध्याय र नरेश रञ्जितसहितको सहजिकरण गरिरहनुभएको छ ।

सांसद वस्नेतको पहलमा नेपाल सरकारको वन तथा वातावरण विभागद्वारा वातावरण विभागको २ करोडको लागतमा बनेको हरियाली प्रबर्द्धन कार्यक्रम र निजि क्षेत्रबाट सोलार लाइट र ट्राफिक र लोकेशन बोर्ड आइल्याण्ड निर्माण भैरहेको छ । जस्को कारण उज्यालो राजमार्ग अभियान अगाडी बडनेछ र दिन प्रतिदिनको दुर्घटना हटाउन सहयोग पुग्नेछ ।

भक्तपुरको वातावरण तथा प्राकृतिक सुन्दरतालाई कायम गर्दै स्वच्छ रुपमा बाँच पाउने मानिसको नैसर्गिक अधिकारलाई सुरक्षित गर्न आम नागरिकले कम्तिमा एक घर एक विरुवा रोपी राजमार्ग मात्र नभई घरघरमा हरियाली राख्नुपर्नेमा सांसद बस्नेतको जोड रहेको छ । उहाँ भन्नुहुन्छ, ‘एक घर एक विरुवा रोपौं । आफ्नो तथा परिवारको जन्मदिनमा समेत हरियाली प्रवद्र्धन गर्ने प्रकारका कार्य गरौं । जसले गर्दा हरियाली भक्तपुरको निर्माण होस् ।’

स्वच्छ, सुन्दर, हराभरा, प्राकृतिक मनोरमसहितको भक्तपुर निर्माण गर्ने लक्ष्यका साथ सांसद बस्नेतकै नेतृत्वमा अरनिको राजमार्ग सफाई अभियान, हनुमन्ते नदी सफाई अभियानलगायतका धेरै अभियानहरु स्वतस्फूर्त रुपमा सञ्चालन भएका थिए । त्यस्तै कतिपय अभियानहरु अहिले पनि निरन्तर रुपमा भइरहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com