रूकुमको विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा गंभीर खोट उजागर गर्यो : संयोजक महर

काठमाडौँ, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावकारी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले रूकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गंभीर खोटहरू उजागर गरेको बताउनुभएको छ ।

नेपालमा विभिन्न चरणको राजनीतिक तथा परिवर्तनको आन्दोलनमा दलित समुदायले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्दै संयोजक महरले दलित समुदायसहित सबै न्यायप्रेमी नेपाली जनताको आन्दोलनको बलमा निर्मित संविधानले समानता र विभेदरहित समाजको प्रत्याभूत गरेको बताउनुभयो । सबै खाले जातीय विभेद र छुवाछुतलाई गंभीर सामाजिक अपराध घोषणा गरिएको जानकारी गराउँदै उहाँले संविधान र कानुनमा यति महत्वपूर्ण उपलब्धि संस्थागत हुँदाहुँदै पनि व्यवहारमा दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घटना घटिरहनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौतीको विषय भएको उल्लेख गर्नुभयो ।

जेठ १० गते रुकुममा शुस्मा मल्ल ठकुरी तथा नवराज विकबीचको प्रेम सम्बन्धका कारण केटा र केटी पक्षबीच झडप हुँदा छ जनाको मृत्यु भएको थियो । उक्त क्रममा १८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘छुवाछुत विरूद्धको राष्ट्रिय दिवसको उपलक्ष्यमा समानता र आत्मसम्मानको अभियानमा संलग्न सबै दाजुभाइ दिदीबैनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

दलित समुदायसहित सबै न्यायप्रेमी नेपाली जनताको आन्दोलनको बलमा निर्मित संविधानले समानता र विबेदरहित समाजको प्रत्याभूत गरेको छ । सबै खाले जातीय विभेद र छुवाछुतलाई गंभीर सामाजिक अपराध घोषणा गरिएको छ । संविधानमा दलित समुदायका लागि विशेष व्यवस्था गरिएको छ । तर संविधान र कानुनमा यति महत्वपूर्ण उपलब्धि संस्थागत हुँदाहुँदै पनि व्यवहारमा दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घटना घटिरहनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौतीको विषय हो । हालै रूकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गंभीर खोटहरू उजागर गरेको छ । राजनीतिक रूपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक( सांस्कृतिक धरातल कमजोर छ भन्ने पनि स्पष्ट पारेको छ ।

आउनुहोस् प्रण गरौँ( छुवाछुत जस्तो मानवतामाथि कलंकलाई संवैधानिक र कानुनी रूपमा मात्रै होइन, व्यवहारमै निर्मूल गर्ने छौं र मानव(मानवबीचका सबै खाले विभेद अन्त्य गरेर वास्तविक समानता स्थापित गर्ने छौं !’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com