नेपालको राजनीति र अर्थतन्त्र

तेजबहादुर ढकाल

सामन्तवाद र जनवाद राजनैतिक दर्शन हुन् भने पूँजीवाद र समाजवाद आर्थिक दर्शन हुन् । यिनीहरूलाई आलोपालो गरेर हैन जोडी मिलाएर एकै पटक समन्वयात्मक रूपले अगाडि बढाउन सक्नु पर्दछ । जस्तो प्रजातान्त्रिक समाजवाद भन्नाले शासन व्यवस्था प्रजातान्त्रिक र आर्थिक ब्यवस्था समाजवादी भन्ने बुझिन्छ । नेपालको वर्तमान परिप्रेक्षमा हामीले अहिले जनवादी पुँजीवाद मार्फत उत्पादन, वैज्ञानिक समाजवाद मार्फत वितरण र बहुदलीय जनवाद मार्फत सुशासन कायम गर्नु पर्दछ । यसकालागि दलाल पुँजीवादको अन्त्य हुनु जरुरी छ । नत्र यसले राष्टिय उत्पादन र पुँजीलाई अगाडि बस्न दिदैन ।

जुन सिद्धान्तले पूरानो राज्यसत्ता भत्कायो त्यही सिद्धान्तले नयाँ राज्यसत्ता निर्माण गर्न सक्छ भन्ने छैन । क्रान्ति गरेको अनुभवले मात्र शान्ति र सुसाशन मार्फ़त समृद्धि हासिल गर्न सक्दैन । यसकालागि अन्य बिज्ञ र कर्मक्षेत्रमा आफैं भिडेर पार लगाएका व्यक्तिहरूको सहभागिता गराउन सक्नु पर्दछ । अर्को कुरा कुनै पनि संरचना भत्काउनु अगाडि नै कस्तो नयाँ संरचना बनाउने निर्क्यौल भैसक्नु पर्दछ । नत्र पुरानो पनि भत्किने र नयाँ पनि नबन्ने खतरा हुन्छ ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनको पनि ३० बर्ष बितिसक्यो । यस बीचमा नेपाली काँग्रेस र नेकपा एमालेले राज्य सञ्चालन गर्दापनि निश्चित सिद्धान्त अबलम्बन गर्न नसकी ट्रायल एण्ड एरर मै बित्यो भने २०५१ पछिको मावोबादी द्वन्द पनि हिट एण्ड रन मै बित्यो । कुनै आधार निर्माण गर्न सकेन । अब राज्यले थप ट्रायल एण्ड एरर र हिट एण्ड रन धान्न सक्दैन । हामीले विश्वकप विभिन्न मुलुकमा सफल परीक्षण भैसकेका सिद्धान्तहरूलाई अबलम्बन गर्नु जरूरी छ ।

राज्यको पुनर्संरचना भैसके पछि हामीले क्लस्टर बेस्ड देउरी प्रयोग गरि अटोक्लस्टरिङ गर्नु पर्ने हुन्छ, जसका लागि भौगोलिक अवस्थितिका आधारमा कम्तिमा पाँचवटा मोडलिङ तैयार गरि स्थानिय निकाय मार्फत कार्यान्वयन गर्नु जरुरी छ । माइकल पोर्टरद्वारा प्रतिपादित यो सिद्धान्त खाड़ी मुलुकहरूले लागू गरेका छन् । यसमा आफ्नो प्रतिस्पर्धात्मक क्षमाताका आधारमा देशको निती तथा कार्यक्रम तैयार गरिन्छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट जतिसुकै राम्रो भएता पनि उपयुक्त आर्थिक प्रणालीका अभाबमा अपेक्षित नतिजा हासिल हुना सक्दैन । मेरो विचारमा नेपालका लागि पारस्परिक लाभप्रद आर्थिक प्रणाली नै उपयूक्त हुन सक्छ । यो आर्थिक प्रणालीले वा अर्थतन्त्रको गाडिले पुंजीपतिलाई अर्थतन्त्रको इन्जिन र श्रमजीविलाई इन्धन मानेको छ । देशलाई गाडी र सरकारलाई ड्राईवर मानको छ । प्रधानमन्त्रीले ड्राईवर, अर्थमन्त्रीले कन्डक्टर र रास्ट्र बैंकको गभर्नरले खलासीको भुमिकामा काम गर्नुपर्दछ । अर्थतन्त्रलाई गरिबीको फन्दाबाट बाहिर निकाल्न किक स्टार्टले मात्र पुग्दैन ठुलै धक्काको जरुरत पर्दछ जसकालागि यात्रु वा जनताले नै एक पटक अफ्नो सिटबाट वोर्लेर धक्का मार्नु पर्ने हुन्छ ।

नेपालमा अधिकांश भिरालो जमिन छ । छरिएको बस्ति छ । घरघरमा बाटो, विजुली र खानेपानी पुर्याउदैमा टाट पल्टिन्छ हाम्रो देश । न्युनतम भैतिक दूरी सहितको एकिकृत बस्ति र सामुहिक खेती नै एक मात्र निकास हो । जसका लागि नेपालमा म्याक्रो इकोनोमिस्ट धेरै संख्यामा भएपनि केन्द्रिय योजनालाई कार्यान्वयनमा लैजान सक्ने माइक्रो ईकोनॉमीस्टहरूको कमी महशुस मएको छ । मौजुदा अर्थशास्त्री र जनप्रतिनिधिहरूलाई नै विशेष तालिम दिन सकिन्छ । कारण र प्रभावको सिद्धान्त प्रयोग गरी नतिजामा बढोत्तरी ल्याउन सकिन्छ ।

रेमिट्यान्स र आयातबाट आऊने राजश्व घटिरहेको परिप्रेक्षमा राजश्वमा टान्जिवल र नन टान्जिबल एसेस्ट र भौतिक पूर्वाधारको योगदान कसरी बढाउन सकिन्छ र नेगेटिभ इकोनोमिक एनपिभि भएका परियोजनालाई सार्वजनिक निजी साझेदारी मार्फत कसरी पोजिटिभ बनाऊन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित हुन जरुरी छ । यस तर्फ सम्वन्धित निकायहरुको ध्यानाकर्षण हुन जरुरी छ ।

संसारमा नै कोरोनाको माहामारीको कारण आर्थिक मन्दीमा फसेको भए पनि हामीले अझै पनि सकिन्छ । भएकै घरमा मिलेर बस्न सकिन्छ । भएकै लुगालाई टालटुल गरि ढाक्न सकिन्छ । साग र सिस्नो खाएर पनि बाँच्न सकिन्छ । बुद्दि भए बजेट बिना पनि धेरै काम गर्न सकिन्छ । ईमान भए उधारोमा पनि गर्जो टार्न सकिन्छ । मिहेनत भए आधा पैसामा डबल काम गर्न सकिन्छ । कारण र प्रभावको सिद्धान्त लागू गरी २० प्रतिशत कामबाटै ८० प्रतिशत नतिजा निकाल्न सकिन्छ । सबै जुटे ५ वर्ष मै देशको मुहार फेर्न सकिन्छ ।

काठमाडौँ

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com