भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाग्यो

एजेन्सी, १२ असार । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या १५ हजार ३०८ पुगेकाे वर्डाेमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा (बिहीबार) मात्र भारतमा काेराेनाबाट ४०१ जनाकाे ज्यान गएकाे छ । बुधबार पनि त्यहाँ ४२४ काे ज्यान गयाे भने मंगलबार ४६८ जनाकाे मृत्यु भएकाे थियाे ।

बिहीबार मात्र भारतमा एकैदिन १८ हजार १८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ९१ हजार १७० पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । अहिले भारतमा १ लाख ९० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् भने २ लाख ८५ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार मात्र त्यहाँ १३ हजार ९८३ जना निकाे भएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com