विश्वभर काेराेना संक्रमितकाे संख्या १ काराेड नाघ्याे

एजेन्सी, १४ असार । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १ कराेड ७५ हजार १११ पुगेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

पछिल्लाे २४ घण्टाकाे अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ काे मृत्यु भएकाे छ । यससँगै काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ५ लाख ६२६ काे मृत्यु भएकाे छ । यद्यपी सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने काेराेना लाई जितेर घर फर्किसकेका छन् ।

अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने २५ लाख ९६ हजार ५३७ पुगेकाे छ ।

संक्रमितमध्ये १० लाख ८० हजार १३६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १३ लाख ८८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ८१६ जनाकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १३ लाख १५ हजार ९४१ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ५७ हजार १०३ पुगेकाे छ ।

संक्रमितमध्ये ७ लाख १५ हजार ९०५ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ५ लाख ४२ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

त्यस्तै  नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १२ हजार ३ सय ९ पुगेकाे छ । संक्रमितमध्ये २ हजार ८३४ जना पूर्णरूपमा निकाे भएका छन् भने २८ जनाकाे ज्यान गएकाे छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com