अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

एजेन्सी, १४ असार । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या १ लाख २५ हजार ४८० रहेको छ । फ्लोरिडा, एरिजोना लगायतका राज्यहरुमा कोरोना संक्रमणको दर बढेको छ ।

फ्लोरिडामा करिब १० हजार र एरिजोनामा साढे ३ हजार नयाँ संक्रमित फेला परेका छन् । थप संक्रमण फैलिन नदिन ती राज्यहरुमा पुनः लकडाउनलगायतका सुरक्षात्मक उपायहरु अपनाउन सुरु गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com