दाेलखामा दुई जनामा काेराेना संक्रमण

काठमाडौँ, १५ असार । दाेलखामा दुई जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा न ५ सुरिको हलेशोर मावि क्वारेन्टाइनमा रहेका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको हाे ।

भारतलगायत तेस्रो मुलुकबाट आएका २५ जना उक्त क्वारेन्टाइनमा बसिरहेकाे बताइएकाे छ । तीमध्ये ७ जनाको पीसीआर परिक्षणका लागि स्वाब पठाएकोमा २ जनाको रिपोर्ट पाेजेटिभ देखिएको हाे  ।

पाेजेटिभ देखिनेमा १ जना महिला र १ पुरुष रहेका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com