एनसेललको वायरफ्रीप्लस वाइफाइको प्रि–बुकिङ

काठमाडौँ, २७ असार । एनसेलप्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागिबुकिङ सुरु भएको घोषणा गरेको छ ।

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु, व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायरफ्रीप्लस वाइफाइ सेवाल्याउन लागेको छ । यो सेवालिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथानजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् ।

वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामीम्युजिकलगायतका डिजिटल कन्टेन्टहरुको फाइदालिन सक्नेछन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरीतीन वटा समुहमावायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहितप्रि बुकिङ्ग लिदैछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समुहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिनवा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनकालागिमान्यहुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ ।

प्याकेजको समयसिमाअनुसारग्राहकले एक पटक मात्रतिर्नपर्ने ग्राहकशुल्करु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमाग्राहकले यो शुल्कछुट गरिएको छ । ग्राहकलिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमाप्राप्तहुनेछन् । ३० दिनको समयावधिभित्रप्रयोग गरि नसकेको वाबाँकी सेवाहरु अर्को नयाँ ३० दिनमाथपहुनेअर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटासहित देशका ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत ये प्रि–बुकिङ सिमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभवप्रदान गर्नेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com