कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु

काठमाडौँ, २७ असार । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

थप तीन जना मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com