गुल्मीमा पहिरोले एकै परिवारका ४ को मृत्यु

गुल्मी, १७ साउन । गुल्मीमा अविरल वर्षासगै आएको पहिरोको ढुङ्गाले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शक्रबार साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु  भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।

बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु  भएको जनाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार  राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी  दिए । उनले नाम विवरण खुल्न भने बाँकी रहेको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com