बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारा, १७ साउन । जिल्ला प्रशासन कार्यालय बाराले साउन १८ गते आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण  निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com