भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी, १७ साउन । भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म भारतमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।

यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।  भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com