अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

काठमाडौँ, २४ साउन । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ३ सय २८ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ  ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए ।

यसको अर्थ अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com