भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार नाघ्यो

काठमाडौँ, ५ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ५८५ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com