आजको मौसम

काठमाडौँ, ६ मंसिर । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेको छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने बताइएको छ ।

स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । ५ डिग्री सेल्सियससम्म झरेको काठमाडौँको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com