विश्वमा २४ घण्टामा ६ लाख २० हजार बढीमा कोरोना पुष्टि

एजेन्सी, ६ मंसिर ।  पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएसगै हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको विश्व स्वाथ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।

 पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा रहेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com