भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी, ६ मंसिर । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ९० लाख ४ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५ हजार ८८२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५८४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार १६२ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com