कटुवा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधाम, ६ मंसिर । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् ।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दासलाई एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोलसहित पक्राउ गरेको हुन् सिरहाका प्रहरीले जनाएको छ ।

आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रविनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com