अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा

काठमाडौँ, २२ मंसिर । नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज भएको छ ।

ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो ।

भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com