मनोज गजुरेल विवाहको तयारीमा

काठमाडौँ, २२ मंसिर । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेल विवाह गर्ने तयारीमा छन् ।

करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, उनले भनेका छन ।’ गजुरेलले २०७४ सालमा मीना ढकालसँग डिभोर्स गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com