घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले घटेर ८९ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com