आजको मौसम

काठमाडौँ, ११ फागुन । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो २२–२४ डिग्री सेल्सियस पुग्ने छ । विहान सामान्य हुस्सु देखिए पनि दिउँसो मौसम सफा रहने र साँझ बदली हुने महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com