बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ११ सयले बढेर ९१ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com