मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

काठमाडौँ, ११ फागुन ।  महान्यायाधिवक्ता अग्निप्रशाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन ।

विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।

खरेलले आफुविरुद्ध षडयन्त्र भइरहेको बताउँदै भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए । राजीनामा दिए भन्नेपनि सुनियो तर मैले राजिनामा दिएको छैन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com