बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, १९ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।