घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १७ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ हजार १ सयले घटेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० मा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com