कांग्रेस नेता विश्वप्रकाश शर्माद्वारा प्रवक्ताको जिम्मेवारीबाट विदा

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको प्रवक्ताबाट विदा लिनुभएको छ ।

केही दिन अघि कोरोना संक्रमण हुनुभएका नेता शर्माले दुई साताको लागि जिम्मेवारीबाट विदा लिनुभएको हो । कोरोनाबाट मुक्त हुनसाथ पुनः पद संहाल्ने उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु ! प्रेस, पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु ! चांडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु । धन्यवाद !’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com