गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ, २३ वैशाख । गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

उनको बिहीबार सुन्धारास्थित ‘काठमाडौं न्यूरो एन्ड डेन्टल अस्पताल’मा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ बर्षका प्रधानको उपचारका क्रममा निधन भएको बताइएको छ  ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रधानका यो नेपाली शीर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com